आदिबासी, पूर्वीय, र पाश्चात्य ज्ञानको समागम मार्फत प्राप्त गरिनेः

‘साझा समृद्धि र खुसी’को एक नवीनतम् प्रयोगशाला

लगानी/योगदानकाे निम्ति हार्दिक अपिल

दुर्गम गाउँमा बस्नुहुने बा-आमाहरूकाे लागि सुविधा सम्पन्न दिवा केन्द्र (फिजियाेथेरापि, डाक्टर क्लिनिक, श्रव्य दृष्य, मनाेरञ्जन लगाएत), युवा-केटाकेटीहरू लाभान्वित हुने  पुस्तकालय, तालिम तथा स्राेत केन्द्र , सीप-कला-शिल्प-संस्कृति केन्द्र लगाएतका एकिकृत सुविधाहरू भएकाे जीवन्त, समृद्ध र पुनर्जागृत गाउँकाे पुनर्निर्माण मार्फत ‘साझा समृद्धि र खुसी’को एक नवीनतम् प्रयोगशाला बनाउने हाम्रो दृष्टि र लक्ष्य तपाईंहरू सबैको उदार लगानी/योगदानले मात्र सम्भव हुनेछ;

यसैले हामी तपाईं तमााम सहृदयी महानुभावहरुमा लगानी/योगदान गरिदिनुहुन, र यस महान् कार्यमा सरिक भइदिनुहुन हार्दिक अपिल गर्दछौँ ।

तपाईंको योगदान हजारौं-लाखौँ जीवनहरूलाई प्रत्यक्ष छुने दुर्गम गाउँको समुदाय (बा-आमा, युवा र केटाकेटीहरू, र पछााडी पारिएका समुदाय) माथिको लगानी हो ।
हालसम्म याेगदान गर्नुहुने याेगदानकर्ताहरूकाे सूची

……………………………………

विभिन्न भवनहरुका नमुनाहरु

एकिकृत परियाेजनामा रहने सुविधा तथा कृयाकलापहरू

मुख्य रूपमा यस परियोजनाकाे नजिकको क्षेत्रमा बस्नुहुने जेष्ठ बा-आमाहरूको लागी विभिन्न सेवा-सुविधाहरू रहेकाे दिवा केन्द्र, युवा पुस्ता लाभान्वित हुने बहुउद्देश्यीय हल, पुस्तकालय र स्राेत केन्द्र, तथा सीप-शिल्प-कला-संस्कृति केन्द्र हुनेछन् । यसकाे अलावा, करिब १०० राेपनी वा १३ एकड जमिनमा फैलिएकाे बहुआयामिक, र बहुउद्देश्यीय कृषि तथा पशुपालनबाट हुने विभिन्न कृषि उत्पादन साथै पर्यटकीय कृयाकलापकाे लागी प्राप्त हुने सेवा हाम्राे समग्र उत्पादन र सेवा हुन् । हाम्रा मुख्य उत्पादन र सुविधा/क्रियाकलापहरूमाः जेष्ठ नागरिकको लागि दिवा-केन्द्र, युवाहरूको लागि विभिन्न किसिमका जीवनोपयोगी तालिम संचालन गर्ने स्थल, पुस्तकालय र सन्दर्भकेन्द्र, कला-संस्कृति संरक्षण/प्रबर्धनकेन्द्र, पर्यटकीय गतिविधि/सुविधाहरु भएकाे बहुआयामिक कृषि केन्द्र, र कृषि उपज पर्दछन् ।

स्वां गम्य बारे जानकारी

गण्डक क्षेत्रमा उद्गम/बाहुल्य बसाइ रहेकाे  गुरुङ/तमु समुदायको भाषाको ‘स्वां‘  जसको शाब्दिक अर्थ ‘खुसी वा आनन्द’ सँग भारतीय उपमहाद्विपमा बाेलिने सैयाैं भाषाहरूकाे मातृ, प्राचीन संस्कृत भाषाको ‘गम्यजसको नजिकको अनुवाद ‘प्राप्त गर्न सकिन्छ वा पुग्न सकिन्छ’ लाइ, मिलाएर ‘खुसी/आनन्द प्राप्त गर्न सकिन्छ’  वा ‘खुसी/आनन्दमा पुग्न सकिन्छ’ भन्ने अर्थमा स्वां गम्य को नामकरण गरिएको हो

केही दशक पहिलेसम्म जीवन्त, खुसी र हराभरा गाउँले जीवन हालैका दिनहरूमा दयनीय र उजाड जस्तै बन्दै गएको छ, यसलाई पुनर्जागृत र पुनर्ताजगी गर्ने हाम्रो प्रमुख लक्ष्य हो । यस्तै, खुसीकाे खाेजीमा भाैंतारिरहेकाे विश्व समुदायकाे  सेवा गर्नु यसकाे अर्काे प्रमुख लक्ष्य हाे ।

हाम्रो दृष्टि एकीकृत सुविधा र क्रियाकलापको माध्यमद्वारा एक जीवन्त, खुसीले भरिएको, र समृद्ध गाउँको जीवन विकास गर्दै निरस र उजाड प्रायः बन्दै गरेको गाउँलाई पुनर्जागृत र पुनर्ताजगी गर्नु र ‘साझा समृद्धि र खुसी’ को एक नवीनतम् प्रयोगशाला खडा गर्नु हो।

सुचना, कार्यक्रम, र अद्यावधिक समाचारहरू

यस खण्डमा तपाइंहरूले हाम्रा परियाेजनामा भएका प्रगतिहरू, अद्यावधिक समाचारहरू, विविध किसिमका सुचनाहरू पढ्न पाउनु हुनेछ । यसकाे साथसाथै गाउँका विविध आयामहरू बारेका समाचारहरू पनि यहाँ दिइनेछ । सामाजिक संजालहरू जस्तै Facebook, Youtube, Instagram मार्फत जाेडिएर पनि हाम्राबारे जानकारी लिन सकिनेछ । विविध जानकारीकाे लागि दाहिनेतिर भएकाे लिंकमा खिच्नुहाेस् ।

: Friday September 1, 2023

स्वां गम्य Youtube च्यानल

स्वां गम्यले यहाँहरूसंग सम्पर्क गर्न र सुचनाहरू, गतिविधिहरू प्रस्तुत गर्न युट्युब च्यानल शुरू गरेकाे छ ।
हाम्राे यस च्यानल Subscribe गरिदिनुहुन विनम्र अनुराेध पनि गर्दछाैं ।

: Friday July 7, 2023

उपयाेगी विरूवाहरू राेपेर परियाेजनाकाे सुरूवात

मिति २०८० असार १८ र १९ मा हामिले टिमुर, अमला, तेजपात जस्ता मेडिसिनल र कमर्सियल मुल्य भएका उपयाेगी विरुवाहरू लगाइ …

: Thursday June 8, 2023

परियाेजना विकासकाे लागी याेगदान संकलन सुरू

स्वां गम्यले परिकल्पना गरेकाे परियाेजनाकाे निर्माण र विकास गर्न याेगदान रकम …

: Tuesday December 27, 2022

डिजाइन ल्यावमा स्वां गम्यकाे प्रगती

हामीले सन् २०२२ काे अगस्ट महिनामा सर्वेबाट प्राप्त डाटा दिएका थियाैं । जसमा काविल इन्जिनियरहरूकाे…

: Tuesday August 30, 2022

स्वां गम्य अब डिजाईन ल्याबमा

२ दिन लगाएर लिईएको गहन र महत्वपूर्ण सर्भे डाटा लाई अब दक्ष आर्किटेक्ट सम्मिलित ईन्जिनियरहरुको ल्याबमा परियोजनाको बिस्तृत …

‘दिगो विकास लक्ष्य’मा हाम्रो याेगदान प्रतिबद्धता

सन् २०१५ को संयुक्‍त रास्ट्रसंघ महासभाले २०३० सम्म प्राप्त गरिसक्ने उद्देश्यसहित सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई ध्यानमा  राखी १७ ओटा अन्तर्राष्ट्रिय लक्ष्यहरू तय गरेको थियो। यसलाई नै दिगो विकास लक्ष्य वा एजेन्डा २०३० भनेर पनि चिनिन्छ।

यस मध्येका केही महत्वपूर्ण लक्ष्यहरूः गरिबी, भोकमरीको अन्त्य, स्वस्थ र समुन्नत समाज, लैङ्गिक समानता, दिगो सहर र समुदायहरू, असमानता न्यूनीकरण, जिम्मेवारीपूर्ण उत्पादन र उपभोग, जलवायु परिवर्तनमा तत्काल् पहल, जलमुनि र जमिनमाथिको जैविक विविधताको संरक्षण, मर्यादित रोजगार तथा आर्थिक वृद्धि हुन् भने स्वां गम्यले सु-स्वास्थ्य र समृद्ध जीवन, लैङ्गिक समानता, मर्यादित रोजगार, असमानता न्यूनीकरण, दिगो सहर र समुदायहरू, जिम्मेवारीपूर्ण उत्पादन र उपभोग, जलवायु परिवर्तन, जमिनमाथिको जैविक विविधताको संरक्षण जस्ता महत्वपूर्ण लक्ष्यहरूमा योगदान दिने उद्देश्य राखेको छ।

यस्तै, नेपालको आफ्नो राष्ट्रिय आकाङ्‍क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मा पनि स्वां गम्य योगदान गर्दछ।