स्वां गम्य परियोजनाको यो अर्को महत्वपूर्ण खन्ड हो, जहाँ युवा र केटाकेटीहरुलाई विभिन्न खाले तालिम दिन, गोष्ठी, कार्याशाला संचालन गर्न, ज्ञानको उत्पादन र प्रसारण गर्न लगायत कार्य गर्न को लागि हल र अन्य सुबिधा हुनेछ । गाउँमा रहेका र शहरी सुबिधा बाट बन्चित हजारौं बिद्यार्थी, केटाकेटीहरु यस केन्द्रबाट लाभान्वित हुनेछन् ।

हाम्रो हलमा ४०-६० जना अट्ने क्षमता रहनेछ। हाम्रो लक्ष यस हलमा आफैले सन्चालन गर्ने बिबिध खाले तालिमहरु जस्तैः नेत्रित्व र क्षमता बिकास, उध्धमशीलता बिकास, सिप बिकास जस्ता कार्यक्रमहरुबाट समग्र क्षेत्रको युवा-बिध्यार्थिहरु लाभान्वित हुनेछन् भने, हाम्रो सुबिधा प्रयोग गरेर अन्य क्षेत्रका जनताले, ब्यबसायले, लाभ लिन सक्नेछन् ।