हाम्रो परियोजनाको सबैभन्दा प्रमुख र महत्वपूर्ण खण्ड हो जहाँ जेष्ठ नागरिक बा-आमाहरुको लागि विभिन्न सुविधाहरु रहेको अत्याधुनिक केन्द्र रहने छ।

दिवा केन्द्र भित्र फिजिओथेरापि सेवा, श्रब्य-दृश्य कोठाहरु, र भित्री तथा बाहिरी विविध क्रियाकलापहरु गर्ने केन्द्र हुनेछ। यसको साथै   ज्ञानकाे केन्द्र स्राेत  केन्द्र, र पुस्तकालय नजिकै रहनेछ।

बा-आमाहरु दिनभरी टहलिने, आवस्यक स्वास्थ्य परामर्श लिने, र उपलब्ध सेवाहरु लिने गरी यस केन्द्रमा आउनेछन् । ३ ओटा श्रब्य-दृष्य कोठामा विविध किसिमका मनोरन्जनात्मक, स्वास्थ्यवर्ध्वक, सुचनामुलक सामाग्रीहरु प्रशारण हुने छन्। यस्तै यस केन्द्रमा रहेको मुख्य सेवा फिजियोथेरापी हुनेछ।