बहुउद्देश्यीय – बहुआयामिक कृषि फार्म

हाम्रो लगभग ८५ रोपनी (१० एकड ) क्षेत्रफल रहेको जमिनमा बहुउद्देश्यीय – बहुआयामिक कृषि फार्म रहनेछ।

फलफूलको धेरै प्रजातीको एक बगैंचा यसमा रहनेछ, प्रमुख खण्डको रुपमा। यस बगैंचालाई बहुउद्देश्यीय बनाऊने लक्ष्य रहेको छ जस्तैः फलफूल उत्पादन र बिक्रि, बिभिन्न फलफूलको प्रशोधन र तालिम, पर्यटकीय गन्तव्यकाे रुपमा यसको विकास, र युवा-बिध्यार्थीहरुको सिकाई क्रियाकलापमा सहयोग।
यस्तै, औषधीय गुण भएका विविध किसिमका विरुवाहरुको बगैंचा, तरकारी, पशु-जनावरहरु रहेकाे खण्डसहित नगदे र खाध्य बालीको एक उत्कृष्ट कृषि फार्म हुनेछ। यस फार्ममा केटाकेटिहरुले, युवा विध्यार्थीहरुले पर्याबरणीय चक्र, पशु व्यवहार, विविध किसिमका बोट-बिरुवाहरू लगाएतका बारेमा  ज्ञान लिन सक्नेछन्।

हामि यस फार्मलाई कृषि उपजको उत्पादन, रोजगारी सिर्जना तथा यसको मार्फत प्राप्त हुने मुनाफा पनि परियोजनामार्फत संचालन
हुने विविध कृयाकलापहरु, सुविधाहरु, र कार्यक्रमहरुमा खर्च गरी सामाजिक व्यवसायमा योगदान गरिनेछ ।

स्वां गम्य कृषि फार्मको खण्डहरु

हाम्रो समग्र परियोजनाको सबैभन्दा ठुलो, र महत्वपूर्ण खण्ड बहु-आयामिक कृषि फार्म नै हो। हामी धेरै भन्दा धेरै कृषि उपजहरू उत्पादन गर्ने, यसको बहु प्रयोग गर्ने, र हाम्रो परियोजनाकै मुख्य लक्ष्य सामाजिक सेवामा लगानी गर्ने रहेकोले यसबाट बढी भन्दा बढी फाईदा लिने रहनेछ।

फार्मकाे शैक्षिक गतिविधि र कृयाकलापहरू


यस फार्मलाइ हामिले शैक्षिक गतिविधिहरू संचालन हुने गरी विकास गर्नेछाैं । यहाँ विध्यार्थीहरू र अन्य उत्सुक भ्रमणकर्ताहरूले तल दिइएकाे विभिन्न कृयाकलापहरू र जानकारीहरू प्राप्त गर्नेछन् ।