कला, शिल्प, सीप र संस्कृति केन्द्र
रैथाने – आदिबासी कला, संस्कृति र ज्ञानको साथ साथै अन्य किसिमका ज्ञानको उत्पादन, संरक्षण गर्न कला र संस्कृति केन्द्र रहनेछ। जेष्ठ नागरिकको अनुभब, आदिबासी र रैथाने कला, शिल्पको प्रसार यस केन्द्रको प्रमुख लक्ष रहनेछ।
विभिन्न किसिमकाे आदिबासी, रैथाने ज्ञानको संरक्षण गर्नु, उत्पादन गर्नु , तथा प्रसार गर्नु SGज्ञान खण्डकाे महत्वपूर्ण कार्य हुनेछ । ज्ञानकाे अगाडीकाे SG, अंग्रेजीमा स्वां गम्य (SwaaGamya) लेख्न प्रयाेग भएका दुइ अक्षरहरू हुन् ।
पूर्वीय, रैथाने, र पश्चिमी जगतमा उपलब्ध ज्ञानलाई खुसी, र संवृद्धिको संवाहकको रूपमा प्रयोग गर्नु यस परियाेजनाकाे प्रमुख उद्देश्य हो। जसकाे लागि हामीले पुस्तकालय, आईटी केन्द्र र सेवा, स्राेत केन्द्र, बहुउद्देश्यीय हल, कला केन्द्र संचालन गर्ने छाैं।
“चौतारी गफ“, जेष्ठ बा-आमाहरूको अथाह अनुभव, शिक्षा र ज्ञानलाई संरक्षण तथा प्रसार गर्ने गरी साेचिएकाे एक नवीनतम् अवधारणा हाे।
यसकाे प्राप्तिकाे लागि हामीसंग सुविधा सम्पन्न हल र पुस्तकालय भवन रहनेछन् ।

समग्रमा यस अन्तर्गत निम्न कृयाकलापहरू, सुविधाहरू, र खण्डहरू रहनेछन् ।
रैथाने – आदिबासी कला, संस्कृति र ज्ञानको साथ साथै अन्य किसिमका ज्ञानको उत्पादन, संरक्षण गर्न कला र संस्कृति केन्द्र रहनेछ। जेष्ठ नागरिकको अनुभब, आदिबासी र रैथाने कला, शिल्पको प्रसार यस केन्द्रको प्रमुख लक्ष रहनेछ।
विश्वमा भएका सुचना प्रविधि क्षेत्रकाे विकास र बिस्तारलाई गाउँसम्म पुर्याई स्थानीयहरुको जीवनमा आधुनिक विकासले पार्ने प्रभावबारे ज्ञान बाड्नु यस खण्डको प्रमुख उद्देश्य हो। यसले गाउँको युवाहरूलाई विश्वसंग जोड्न मद्दत गर्नेछ।
अर्काे महत्वपूर्ण खण्ड पुस्तकालय र स्राेत केन्द्र हो। हामीसंग विशेष गरी प्रिन्टेड र डिजिटल रुपका बिभिन्न बिधाका पुस्तकहरु संकलित एक पुस्तकालय हुनेछ। यस्तै स्राेत केन्द्रले विविध किसिमले ज्ञानको उत्पादन, प्रसारणमा याेगदान पुर्याऊनेछ।
तालिम, कार्यशाला, छलफल, मिटिङ लगायतका विविध कृयाकलापहरु मार्फत ज्ञानको उत्पादन गर्ने, प्रसार गर्ने कार्यमा यस बहुऊद्देश्यीय हल प्रयोग हुनेछ। विध्यार्थी, युवा केटा-केटिहरु र अन्य उमेर समुहका समेतले यस केन्द्र मार्फत लाभ लिन सक्नेछन्।
समग्र परियोजना कै यो एक बिशिष्टिकृत प्रयोग हो, जहाँ जेष्ठ नागरिकका अनुभवहरु युवा पुस्तामा हस्तान्तरण सहित विविध बिषयहरूमा छलफल, अन्तरकृया, गफगाफ हुनेछ। जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने, उनिहरुको अनुभव नयाँ पुस्ताले सुन्ने, र सके जति अनुशरण गर्ने उद्देश्य रहनेछ ।