तपाईंहरुको भ्रमण, र परियोजना स्थल लगायत क्षेत्रको यात्रा आरामदायी, र उत्कृष्ट अनुभब सहितको बनाऊन हामिसंग गाऊंकै वातावरण रहेको आवास सुबिधा रहेको छ।

३०-४० जना सम्मको आथित्यता दिन सक्ने क्षमता हामिसंग रहनेछ। यसैले, हामिसंग भएको हल प्रयोग गरी आवासीय मिटिङ, कार्यशाला, गोष्ठि लगायत सन्चालन गर्न सकिनेछ।

हाम्रो परियोजना स्थलबाट बिभिन्न स्थानमा ट्रेक, हाईक गर्न सकिनेछ।

बारपाक – २०७२ गोरखा भुकम्पको केन्द्रबिन्दु रहेको, गोर्खा भिक्टोरिया क्रस गजे घलेको घर रहेको, र सुन्दर बस्ति रहेकोले – महत्वपूर्ण पर्यटकीय गन्तब्य सम्म एक दिनको जीप, मोटरसाईकल, साईकल बाट यात्रा गर्न वा केहि दिनको ट्रेकिङको गन्तब्य बनाऊन सकिन्छ। यस्तै, धार्के डांडा, लाप्राक बस्ति, रुपिनाला पास, लार्के पास सम्मको ट्रेकिङ जान सकिन्छ।