गाउँमा “साझा संमृद्धि र खुसी”को एक नवीनतम् प्रयोगशाला बनाउन, खुसीभरी जीवन भएको एक उत्कृष्ट केन्द्र निर्माण गर्न तपाईंहरु समक्ष उदार योगदान, सहयोग, र लगानीको लागि “स्वां गम्य” हार्दिक अपिल गर्दछ।
स्वां गम्यले दुर्गम गाउँका बस्नुहुने लाखाैं जीवनहरू खासगरी वृद्ध बा–आमाहरु, पछाडी रहेका समुदायका युवा–केटाकेटीहरू र अन्यको सुविधा पुग्ने गरी एक केन्द्र निर्माण गर्ने उद्देश्य राखेको छ । तपाँइकाे सुभेच्छा र सहयाेगमा केन्द्रमा निम्न सुविधाहरु वन्नेछन् ।
१. सुविधा सम्पन्न जेष्ठ बा अामा दिवा केन्द्र
सुविधा र कृयाकलापहरुः फिजियाेथेरापी सेवा, डाक्टर क्लिनिक, लाउण्ड्री सेवा, नर्सिङ सेवा, श्रव्यदृश्य काेठाहरु, नुहाउने सुविधा, ध्यान र याेगा लगाएतका अन्य मानसिक र शारीरिक स्वास्थ्यकाे निम्ति कृयाकलापहरु ।
२. वहुउद्देश्यीय हल, पुस्कालय, स्राेत केन्द्र र कला सीप केन्द्र
३. बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फार्म
कृषि फार्ममा विविध किसिमका बालि, पशुपंक्षी, फलफुल, जडिबुटी रहने र यसलाइ कृषि उत्पादन तथा पर्यटनमा प्रयाेग गर्ने ।
४. पर्यटकीय गतिविधि र सुविधाहरु
✓ पुरै केन्द्र पर्यटनकाे लागि प्रयाेग गर्ने
………………………………………………………..
केन्द्रमा बन्ने केही भवन र संरचनाहरुकाे स्वरुप




बारपाक सुलिकोट गा पा का सबै वार्डहरू १ देखी ८ सम्मका अन्दाजी २५,३९०, धार्चे गापाका ४ र ५ वार्डका ४,४६४, अजिरकोट गा पा काे १,४, र ५ वार्डहरूका ८,६९१, सिरान्चोक गा पा का ५,६,७, र ८ वार्डका ११,९८९, आरुघाट गा पा का ५,६,७, र ८ वार्डका ९,०६०, र भीमसेन थापा गा पा १,२, र ५ वार्डका ७,८९१ गरी जम्मा ६७,४८५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । यसको अलावा पालुङटार र गोरखा नगरपालिकाहरुका केही गाउँ र बजारहरुका नागरिकले समेत लाभ लिनेछन् भने देश र विदेशबाट आउने पाहुना, विद्यार्थी लगाएत सबैले लाभ लिनेछन् ।

माथि उल्लेख गरे जसरी तपाईंले गर्नुभएको योगदानमार्फत दुर्गम गाउँका वृद्ध बा–आमाहरु, पछाडी रहेका समुदायका केटाकेटी र युवाहरु, शहरी अवसर देख्न, भोग्न, अनुभव गर्न नपाएको-नपाउने ठूलो संख्याका जनताहरुले प्रत्यक्ष लाभ लिने गरी कार्य गर्ने छौं ।
गाउँको जीवन र बसाई निरस, अवसर तथा सुविधा विहिन हुँदै गैरहेको वर्तमान अवस्था विपरित गाउँको वसाई स्वस्थ, सुखद, अवसर सहितको, खुसीमय, र गौरवमय बनाई त्यहाँ रहन बाध्य जनसंख्यालाई अतुलनीय सहयोग पुर्याउने भएकोले तपाईंको योगदानलाई हामिले मानवीयता, र दुर्गम गाउँका नागरिकहरु माथिको लगानी भनेका हौं ।
स्वां गम्य मुनाफा वितरण नगर्ने सामाजिक ब्यवसाय हो । परियोजना पूर्ण संचालन पश्चात् अनेकन वस्तु तथा सेवाहरुको उत्पादन र त्यसको विक्रि मार्फत ब्यवसायिक कारोबार र मुनाफा गर्न रोक भने छैन ।
यसैले, प्राप्त लाभलाई आर्थिक, सामाजिक हिसाबले कमजोर र पछाडी रहेका समुदायका सदस्यहरुलाई सवै सेवा र सुविधा प्रयोगमा अवसर प्रदान गरी पर्यटन, कृषि फार्म लगाएत अन्य ब्यवसायबाट भएको नाफा न्यायोचित वितरणको प्रवन्ध मिलाईनेछ । जेष्ठ नागरिक बा–आमाहरुको खुसी र सेवामा, पछाडी परेका समुदायका स्कूल केटाकेटी र युवाहरूमा, र आजको दिनसम्म यस्ता सेवा सुविधा कल्पना नगरेका समुदायमा सम्पूर्ण मुनाफा पुनर्लगानी हुनेछ ।
तपाईको योगदानले हजारौं–लाखौं जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ ।
यसैले हामि तपाईंहरुसँग यस परियोजनामा जोडिन, विभिन्न पूर्वाधारहरु निर्माण गर्न र सुरुवाती चरणको सरसामान खरीद गर्न
सहयोगको लागि हार्दिक अपिल गर्दछौं । तपाईंलाई प्राप्तहुने आत्मगौरव, र आत्मसन्तुष्टिको अलावा कदर स्वरुप निम्न लिखित
सुविधा प्राप्त गर्नुहुनेछ ।
| योगदान/लगानी रकम (रुपियाँमा ) | सवै किसिमका बस्तु तथा सेवा खरीदमा पाइने छुट* प्रतिशतमा | छुट लिने अन्य २ ब्यक्ति मनोनयन** गर्न पाइने वा नपाइने | कदर-प्रशंसा पत्र | योगदानकर्ताको नाम लिष्टमा रहने वा नरहने |
| २५,००० भन्दा माथि | १५% छुट ७ वर्षसम्म | पाइने | पाइने | रहने*** |
| १०,००० देखि २४,९९९ सम्म | १२% छुट ५ वर्षसम्म | पाइने | पाइने | रहने |
| ५,००० देखि ९,९९९ सम्म | १० % छुट ५ वर्षसम्म | पाइने | पाइने | रहने |
| ४,९९९ सम्म | छुट उपलब्ध छैन | नपाइने | पाइने | नरहने |
* हामिसँग २ वर्षभित्र विभिन्न फार्म उत्पादन, र सेवा खरिदको लागि तयार हुनेछन् ।
** तपाईंको एक छुट्टै पहिचान संकेत नं. हुनेछ । तपाईंले उपलब्ध गराउनु भएको २ जना मनोनित ब्यक्तिहरु (बा, आमा, दिदी,
अन्य कोही नातेदार वा साथीले पनि तपाईं सरह सबै बस्तु तथा सेवा खरीद वा प्रयोगमा छुट उपभोग गर्न पाउनुहुनेछ ।
***कुनै एक घरको पुरै निर्माण जिम्मा लिई भवनको नाम तपाईंको वा तपाईंको संस्थाको नामबाट राख्न सक्नुहुनेछ ।