हाम्रो एक महान लक्ष ‘साझा संमृद्धि र खुसी’काे केन्द्र निर्माण गर्ने परियोजनामा जोडिनुहोस्

हालसम्म याेगदान गर्नुहुने याेगदानकर्ताहरूकाे  लिष्ट

 

स्वां गम्य परियोजनाको महान लक्ष ‘साझा संमृद्धि र खुसी’काे एक नविनतम् केन्द्र निर्माण गर्ने रहेको छ, जसले ठुलो भुगोल, जनसंख्या, र तप्कालाई समेट्छ। यसैले, यस साझा लक्षमा पुग्न, हामि समस्त सहयाेगी र मानवीय मनहरूलाइ खुल्ला हृदय र उदारपन सहित योगदान / लगानी गरिदिनुहुन हार्दिक अपिल / अनुरोध गर्दछौं।

तपाईंहरुको योगदान हामि सुरुवाती चरणको पूर्बाधार निर्माण गर्न जस्तैः ज्येष्ठ नागरिकका निम्ति विविध सुविधाहरु, फिजियोथेरापी कोठा र आवस्यक उपकरणहरू, श्रव्य-दृष्य कोठाहरु र आवस्यक उपकरणहरु, पुस्तक र स्राेत केन्द्रका लागि आवस्यक उपकरण-सरसामानहरु आदि र, सुरुवाति प्रशासनिक खर्च टार्न मात्र लिनेछौं। सधैं मागेर नै परियोजना सन्चालन गर्नुको साटो, पर्यटकीय गतिविधि, कृषि कार्य, र अन्य विविध आम्दानि योग्य कार्यक्रमहरु निरन्तर सन्चालन गरेर परियोजना सफल तुल्याऊने हाम्रो उद्देश्य हाम्रो रहेको छ।

तल, तपाईंहरुको योगदान कुन रुपमा – कसरि हुन सक्छ भनेर लिस्ट गरेका छौं।

पूर्बाधार निर्माणमा योगदान/लगानी

हामि परियोजनास्थलमा धेरै किसिमका पूर्बाधारहरुको निर्माण र विकास गर्ने लक्षमा छौं, जहां हाम्रो दृष्टि, लक्ष र उद्देश्य प्राप्त गर्न आवस्यक सुविधाहरु हुनेछन्। प्रमुख पूर्बाधारहरुमाः जेष्ठ नागरिकको लागि केन्द्र – २ ओटा, भित्रि-बाहिरी शारीरिक तथा मानसिक स्वास्थ्यकाे लागि विविध कृयाकलापहरू गर्ने स्थल र उपकरणहरु, फिजियोथेरापी कोठा र उपकरणहरु, बहुउद्देश्यिय हल, पुस्तकालय तथा स्राेत केन्द्र, शौचालयहरु, क्यान्टिन, कला-संस्कृति केन्द्रहरु – ३ लगायत। यस्तै, पर्यटकीय सुविधाको लागि आवास, अनि बहु-आयामिक र बहु-उद्देश्यिय कृषि फार्म र यसका विविध उपकरणहरु।