हाम्रो पर्यटकीय सेवाहरूः फार्म भ्रमण, आवास, टुर, हाईकिङ, र साहसिक ट्रेकिङ

हाम्रो परियोजना सामाजिक व्यवसाय रहेको, र जेष्ठ नागरिक केन्द्र, पुस्तकालय, स्राेत केन्द्र, कला-संस्कृति केन्द्रहरु सकेसम्म सामाजिक सेवाको रुपमा न्यून रकम लिएर वा नि:शुल्क संचालन गर्ने र यस केन्द्रका संचालनमा लाग्ने  खर्च कृषि र पर्यटनकाे मुनाफाबाट लिने भन्ने लक्ष्य रहेकोले यो हाम्रो अति महत्वपूर्ण उत्पादन हो। पर्यटकीय सेवाको उपभोग र उपयोग मार्फत परियोजनामा तपाईंको पनि सक्रिय योगदान हुने हुनाले पनि यो महत्वपूर्ण छ।

हामीसंग फार्मको शैक्षिक र गैह्र शैक्षिक निर्देशित भ्रमण केहि घन्टाको लागि उपलब्ध हुनेछ। यस्तै स्वां गम्य परियोजनाबाट बारपाक सम्मको र नजिकको क्षेत्रहरुमा साईकल/मोटरसाईकल, जीपबाट भ्रमण गर्ने सेवा रहनेछ। साहसिक वा रेमान्चित पदयात्रा काे विकास, विस्तार गरी यसमा संलग्न हुन चाहनेहरुको लागि भच्चेक, बारपाक, सुलिकाेट, धार्चे डाँडा, लाप्राक लगाएत स्थानहरूमा ३-४ दिनको ट्रेकिङ देखि २-३ हप्तासम्मको लार्के पास, चुम नुब्री क्षेत्र भ्रमण व्यवस्था मनाउने ।

हाम्राे केन्द्रमा पुस्तकालय, सुविधा सम्पन्न प्रविधि सहितकाे स्राेत केन्द्र रहेकाेले साहित्यिक पर्यटनकाे विकास गर्ने लक्ष्य रहेकाे छ । यस्तै जेष्ठ नागरिकमैत्री पूर्वाधारहरू र सुविधा भएकाेले रिटायर्ड पर्यटन संचालन गर्ने उद्देश्य रहेकाे छ ।

हामिले यसमा टेन्टेड क्याम्प, गाेठाले लक्जरी, हन्टर्स क्याविन जस्ता केही नविनतम् र साहसिक बासकाे व्यवस्था गर्नेछाैं । यी उत्पादनहरू पर्यटनका केही नयाँ उपज हुनेछन् ।

स्वां गम्यले, यस क्षेत्रमा पर्यटनकाे विकास गरी समग्र समुदाय स्तरमा न्यायाेचित वितरण गर्ने नमुना प्रस्तुत गर्दछ ।

हामिसंग उपलब्ध पर्यटकीय सेवाहरु तल लिस्ट गरिएको छ।