कृषि फारममा रोमान्चित आवास-बसाई
बहुऊद्देश्यीय कृषि फारमको बीचमा अबस्थित आवास सुबिधा रमणीय, आनन्दित बनाऊने, र गाऊं झल्कने गरि बनाईने छ। तपाईंको बसाई एक-दुई दिनको देखि हप्तौं – महिनौं सम्म रहे पनि कृयाशिल, रोमान्चित, र अर्थपूर्ण बसाई यहां पाऊनुहुनेछ।
परियोजना भित्र आनन्दित र रोमान्चित जीबन र बसाईको सुबिधा रहनेछ। जो कोहि यस परियोजनामा एक-दुई दिन देखि लिएर हप्तौं वा महिनौं सम्म रहने गरी बस्न सक्नेछन।
हामिसंग केहि गाऊले कला, शिप, शिल्प, र जीबन झल्कने घर-कोठाहरु हुनेछन्। जसमा, आधुनिक सुबिधाहरुको कमि भने हुने छैन।
यस परियोजना भित्रको बसाई र जीबन, कृयाशिल, जीबन्त, र रोमान्चक रहनेछ। यहां रहनु केबल दिन कटाऊनु मात्र हुने छैन। हामिसंग भएको कृषि फारम मा कार्य गर्ने, बिबिध ज्ञानबर्धक कृयाकलापमा सरिक हुने, आफ्नो शिप, ज्ञान, कला अरुलाई बाड्ने गरेर यहांको बसाई र जीबन अर्थपूर्ण बनाऊने सुबिधा रहनेछ।
यस परियोजना स्थलका आवास सुबिधा शान्त, रमणीय, र आनन्दित बनाऊने किसिमका छन्।
बहुऊद्देश्यीय कृषि फारमको बीचमा अबस्थित आवास सुबिधा रमणीय, आनन्दित बनाऊने, र गाऊं झल्कने गरि बनाईने छ। तपाईंको बसाई एक-दुई दिनको देखि हप्तौं – महिनौं सम्म रहे पनि कृयाशिल, रोमान्चित, र अर्थपूर्ण बसाई यहां पाऊनुहुनेछ।
आजको दिनमा हाम्रा खाने उपजहरु, खाने शैली, बातावरण परिवर्तन जस्ता बिबिध कुराहरुले गर्दा दिनानुदिन अस्वस्थ हुंदै गईरहेका छौं। यसैलाई मध्यनजर गर्दै हामि परियोजना स्थलभित्रको बसाईलाई स्वस्थ बनाऊन रैथाने, र जैबिक खानेकुराहरु उपलब्ध हुने बातावरण मिलाऊने छौं।
हामिसंगको तपाईंको बसाई उपलब्धिपूर्ण, अर्थपूर्ण, र कृयाशिल बनाऊन हामि फारममा काम गर्न, छोटो ट्रेक-हाईक गर्न, आफुले जानेको कला-शिल्प अरुसंग बाड्न प्रोत्साहित गर्नेछौं। तपाईं अरु छिमेकि गाऊंहरुमा घुम्न र यस्तै कृयाशिल कर्म गर्न सक्नुहुनेछ।
तपाईंसंग रहेको अथाह अनुभब, शिल्प, ज्ञान, दुर्गम समुदाय र गाऊंको सेवामा लगाऊन हामि अनुरोध गर्दछौं। तपाईंले परियोजना स्थल भित्रै रहेका बिभिन्न खण्ड हरुमार्फत, वा बाहिरको गाऊं, समुदायमा यसरि सहयोग गर्न र योगदान पुर्याऊन सक्नुहुनेछ।
फार्मकाे अर्गानिक खाना, हिमालकाे सुन्दर दृष्य, स्वच्छ हावा, जंगलकाे छेउमा रहेर उर्जासहित अफिसकाे वा विजनेसकाे काम गर्ने स्टेसन बन्नेछ । सवै सुविधा रहेकाे वर्क स्टेसन सहितकाे पर्यटन विकास गरिनेछ ।