स्वां गम्य ले पहिलो मोडेल परियोजना संचालन गर्न ठुलो कसरत र संघर्ष पछि, बारपाक सुलिकोट गाऊंपालिका, वार्ड नम्बर ०८, जराङ मा परियोजना स्थलको छनौट गरेको छ।
जराङ समुद्री सतहवाट अन्दाजी १,०५० मिटरको उचाइमा मनासलु हिमश्रिङ्खला तर्फ फर्केको मनोरम गाउँ हो, जहांबाट हिमालचुली (७८९३ मि.) र यसको पछाडि सानो टुक्रा मनासलु (८१५६ मि.), ङ्गदि चुली (७८७१ मि.), बौद्ध हिमाल (६६७२ मि.) देखि माछापुछ्रे र अन्नपूर्णको गुजुमुज्जु परेको सुन्दर हिमचुचुराहरू देख्न सकिन्छ।
नेपालका प्रमुख शहरबाट सम-दुरिमा रहेको यस सुन्दर गाऊं मध्य पहाडि राजमार्गको घ्याम्पेशाल-मसेल खण्डबाट ५ कि. मि. को मात्र दुरिमा रहेको छ, र १२ महिना नै सडक संजाल संग जोडिएको छ।

