मुनाफा बितरण नगर्ने कम्पनिको रुपमा स्वां गम्य दर्ता

निकै लामो छलफल, गहन अध्ययन, बिश्लेषण पस्चात “साझा संबृद्धि र खुशि” को एक नबिनतम प्रयोगशाला निर्माण गर्ने र सामाजिक सेवा-ब्यबसाय मोडेलको रुपमा खडा गर्ने उद्देश्य सहित “स्वां गम्य” नामको मुनाफा बितरण नगर्ने सामाजिक ब्यबसाय को दर्ता कम्पनी रजिस्ट्रारको कार्यालय मा ७ अक्टोबर, २०२० अर्थात असोज २१, २०७७ को दिन दर्ता सम्पन्न गरियो।

हामिले कोरोनाको निकै कष्टपूर्ण समयलाई सदुपयोग गर्दै, कोरोनाले गर्दा पुर्याएको क्षति संझदैं र यसैबाट माथि उठ्ने प्रण गर्दै गोरखामा पहिलो मोडेल बिकास गर्ने सोच सहित ५ जना सदस्य रहेको कम्पनि खडा गरेका हौं।

हाम्रो दुईवटा महत्वपूर्ण भाषाहरु स्थानीय आदिवासी गुरुङ/तमु समुदायको भाषावाट ‘स्वां’ जसको नजिकको शाब्दिक अर्थ ‘खुशी’ हुन्छ, र संस्कृत – हजारौ वर्षदेखि पूर्वीय दर्शन र जीवनको निरन्तरता रहेको भाषा – को ‘गम्य’, जसको शाब्दिक अर्थ ‘प्राप्य’ वा ‘पुग्न सम्भब’ हुन्छ मिलाएर “खुशी प्राप्य छ’ वा ‘खुशीमा पुग्न सम्भब छ’ भन्ने अर्थमा ‘स्वां गम्य’ को नामाकरण गरिएको हो ।