हामि निरन्तर प्रगति गर्दै गईरहेका छौं।
२ दिन लगाएर लिईएको गहन र महत्वपूर्ण सर्भे डाटा लाई अब दक्ष आर्किटेक्ट सम्मिलित ईन्जिनियरहरुको ल्याबमा परियोजनाको बिस्तृत डिजाईन गर्ने कामको लागि दिईएको छ।
हामिले परिकल्पना गरेबमोजिमको पूर्बाधारहरुको सुन्दर ढांचा यो समुहले तयार पार्नेछ करीब ५ महिनाको समय लगाएर।
यस अन्तर्गत परियोजना अन्तर्गत रहने सबै सुबिधा-पूर्बाधारहरुको बिस्तृत आर्किटेक्चरल डिजाईन, मूल्य आंकलन, र ड्रईङहरु रहनेछन्।
एक, सुन्दर, बातावरण मैत्रि, र उत्कृष्ट संरचना रहेको केन्द्रको डिजाईन बन्ने हामिले आशा गरेका छौं।