पुस्तकले भरिएको कोठा

ज्ञान उत्पादन, र प्रसारमा सहयोगी हुने, गाउँका बिद्यार्थी, केटाकेटी, युवा, र अन्य सबै उमेर समुहका व्यक्तिहरुले सेवा लिन सक्ने गरि पुस्तकालय, र संगै श्रोत केन्द्रको काम पनि गर्ने छ । समाजको समग्र बिकासमा शिक्षाको महत्व हुने हुनाले यो अत्यन्तै महत्वपूर्ण खन्ड हुनेछ।

हाम्रो समग्र परियोजना अन्तरगतको यो खन्डले बिबिध शैक्षिक, र गैह्र शैक्षिक तालिमहरु सन्चालन गर्ने, अन्य क्रियाकलापहरु जस्तै ज्ञानको उत्पादन, र प्रसार गर्ने कार्य गर्नेछ।

हामीसंग विभिन्न बिधा जस्तैः ईतिहास, साहित्य, कला, अर्थशास्त्र, समाज बिज्ञान, बिज्ञान, राजनीति, र दर्शनका पुस्तकहरु, साथै बिबिध खाले अनलाइन स्राेतहरुको संग्रह रहने छ।

हाल, पुस्तकालय लगायत अन्य गतिबिधि सन्चालनमा आईनसकेको जानकारि गरउंदछौं।