पशुधन-जनावर र अन्य
यस खण्डमा विविध किसिमका पशु-उत्पादन दिने जनावरहरू, चरा-चुरुङी, पशु-चौपाया रहनेछन्। भ्रमण गर्नेको लागि सिकाई हुने, उत्पादनको बिक्रि गर्ने, र बाली उत्पादनमा टेवा दिने किसिमले यसको संचालन गरिनेछ।
हाम्रो लगभग ८५ रोपनी (१० एकड ) क्षेत्रफल रहेको जमिनमा बहुउद्देश्यीय – बहुआयामिक कृषि फार्म रहनेछ।
फलफूलको धेरै प्रजातीको एक बगैंचा यसमा रहनेछ, प्रमुख खण्डको रुपमा। यस बगैंचालाई बहुउद्देश्यीय बनाऊने लक्ष्य रहेको छ जस्तैः फलफूल उत्पादन र बिक्रि, बिभिन्न फलफूलको प्रशोधन र तालिम, पर्यटकीय गन्तव्यकाे रुपमा यसको विकास, र युवा-बिध्यार्थीहरुको सिकाई क्रियाकलापमा सहयोग।
यस्तै, औषधीय गुण भएका विविध किसिमका विरुवाहरुको बगैंचा, तरकारी, पशु-जनावरहरु रहेकाे खण्डसहित नगदे र खाध्य बालीको एक उत्कृष्ट कृषि फार्म हुनेछ। यस फार्ममा केटाकेटिहरुले, युवा विध्यार्थीहरुले पर्याबरणीय चक्र, पशु व्यवहार, विविध किसिमका बोट-बिरुवाहरू लगाएतका बारेमा ज्ञान लिन सक्नेछन्।
हामि यस फार्मलाई कृषि उपजको उत्पादन, रोजगारी सिर्जना तथा यसको मार्फत प्राप्त हुने मुनाफा पनि परियोजनामार्फत संचालन
हुने विविध कृयाकलापहरु, सुविधाहरु, र कार्यक्रमहरुमा खर्च गरी सामाजिक व्यवसायमा योगदान गरिनेछ ।
हाम्रो समग्र परियोजनाको सबैभन्दा ठुलो, र महत्वपूर्ण खण्ड बहु-आयामिक कृषि फार्म नै हो। हामी धेरै भन्दा धेरै कृषि उपजहरू उत्पादन गर्ने, यसको बहु प्रयोग गर्ने, र हाम्रो परियोजनाकै मुख्य लक्ष्य सामाजिक सेवामा लगानी गर्ने रहेकोले यसबाट बढी भन्दा बढी फाईदा लिने रहनेछ।
यस खण्डमा विविध किसिमका पशु-उत्पादन दिने जनावरहरू, चरा-चुरुङी, पशु-चौपाया रहनेछन्। भ्रमण गर्नेको लागि सिकाई हुने, उत्पादनको बिक्रि गर्ने, र बाली उत्पादनमा टेवा दिने किसिमले यसको संचालन गरिनेछ।
यो हाम्रो कृषि परियोजनाको ठुलो र महत्वपूर्ण खण्ड हो। पहाडी भु-धरातलमा हुने धेरै किसिमका फलफूल प्रजाती रहने यस खण्डबाट फलफूल उत्पादन, प्रशोधन तालिम, बिक्री लगाएत भ्रमण र बिध्यार्थी सिकाई कृयाकलापमा सहयोग पुर्याउनेछ।
यस खण्डमा आदिबासी, रैथाने ज्ञान र अनुभवबाट आएका औषधीय गुण भएका बिभिन्न बिरुवाहरु र जडिबुटीहरुको खेती रहनेछ भने यसको प्रयोग पनि उत्पादन, बिक्री, र सिकाई कार्यको लागि हुनेछ।
यो खण्डमा हामी विविध तरकारी बालीको खेती गर्नेछौं। मौसमी र बेमौसमी खेती मार्फत आधुनिक प्रविधि विकास, बिस्तार र सम्भावनाहरुको बारेमा स्थानीयलाई जानकारी गराऊनु, र बिक्रि मार्फत आय आर्जन गर्नु यसको मुख्य लक्ष हुनेछ।
विभिन्न किसिमका नगदे बालीको खेती यस खण्डमा रहनेछ। यस अन्तर्गत बिभिन्न किसिमका मसला हरु, चिया, कफी, गेडागुडीहरु लगायत उत्पादन हुनेछन्। परियोजनाको मुख्य उद्देश्य, सामाजिक व्यवसाय संचालन गर्न यो खण्डले महत्वपूर्ण भुमिका निभाउने छ।
यस अन्तर्गत विविध किसिमका खाद्य र अन्नबालीको खेती र उत्पादन गरिनेछ। मकै, कोदो, फापर, तोरी लगायतको खेती मुख्य रुपमा उत्पादन गरिनेछ। । यि बालीहरु रैथाने बासिन्दाले शताब्दियौंदेखिको ज्ञान मार्फत खेती गरी आफ्नो जीवन निर्बाह गरेकोले महत्वपूर्ण रहनेछ ।
फार्मकाे शैक्षिक गतिविधि र कृयाकलापहरू
यस फार्मलाइ हामिले शैक्षिक गतिविधिहरू संचालन हुने गरी विकास गर्नेछाैं । यहाँ विध्यार्थीहरू र अन्य उत्सुक भ्रमणकर्ताहरूले तल दिइएकाे विभिन्न कृयाकलापहरू र जानकारीहरू प्राप्त गर्नेछन् ।
