स्वां गम्य भित्र आनन्दित र रोमान्चित जीबन तथा बसाई

परियोजना भित्र आनन्दित र रोमान्चित जीबन र बसाईको सुबिधा रहनेछ। जो कोहि यस परियोजनामा एक-दुई दिन देखि लिएर हप्तौं वा महिनौं सम्म रहने गरी बस्न सक्नेछन।
हामिसंग केहि गाऊले कला, शिप, शिल्प, र जीबन झल्कने घर-कोठाहरु हुनेछन्। जसमा, आधुनिक सुबिधाहरुको कमि भने हुने छैन।
यस परियोजना भित्रको बसाई र जीबन, कृयाशिल, जीबन्त, र रोमान्चक रहनेछ। यहां रहनु केबल दिन कटाऊनु मात्र हुने छैन। हामिसंग भएको कृषि फारम मा कार्य गर्ने, बिबिध ज्ञानबर्धक कृयाकलापमा सरिक हुने, आफ्नो शिप, ज्ञान, कला अरुलाई बाड्ने गरेर यहांको बसाई र जीबन अर्थपूर्ण बनाऊने सुबिधा रहनेछ।

यस परियोजना स्थलका आवास सुबिधा शान्त, रमणीय, र आनन्दित बनाऊने किसिमका छन्।