फिजियोथेरापी सेवा
जेष्ठ नागरिक लगायत सवै उमेर समुहका ब्यक्तिहरुलाई सेवा पुर्याऊने उद्देश्यले फिजियोथेरापी संचालन गरिनेछ। हामिसंग आवासीय वा गैह्र आवासीय स्वरुपमा सेवा लिन सकिने ब्यबस्था हुनेछ।
हाम्रो परियोजनाको सबै भन्दा महत्वपूर्ण उद्देश्य गाऊंले जनताको सेवा गर्नु र मुख्य रुपमा जेष्ठ नागरिक बा-आमाहरुको स्वास्थ्य जीबन र खुशि-भरि जीबनमा योगदान गर्नु रहेको छ। स्वस्थ जीबन, उचित आहार, ब्यायम लगायतमा टेवा पुर्याऊने हेतुले यस केन्द्रको बिकास गरिएको हो।
यस खण्डमा जेष्ठ नागरिक को लागि बिबिध किसिमका सेवा-सुबिधाहरु रहेको एक दिवा केन्द्र रहनेछ। श्रब्य-दृश्य कोठाहरु, कोठाभित्र गर्न मिल्ने बिबिध ब्यायाम र कृयाकलापहरु-सुबिधाहरु, कोठा बाहिर गर्ने बिबिध कृयाकलापहरु यस अन्तर्गत हुनेछन्।
फिजियोथेरापी, बिशेषज्ञ डाक्टर सेवा (आबधिक) यसको प्रमुख खण्ड हुनेछ।
जेष्ठ नागरिक लगायत सवै उमेर समुहका ब्यक्तिहरुलाई सेवा पुर्याऊने उद्देश्यले फिजियोथेरापी संचालन गरिनेछ। हामिसंग आवासीय वा गैह्र आवासीय स्वरुपमा सेवा लिन सकिने ब्यबस्था हुनेछ।
योगा, ध्यान, र आध्यात्म आजको विश्वको लागी अत्यन्तै उपयोगी साधन भएको छ, मानसिक शान्ति र सुखि प्राप्तिको लागी। यसैले यस केन्द्रमा योगा – ध्यान गर्ने स्थलको बिकास गरिएको छ।
यस खण्ड अन्तर्गत हामिसंग बिबिध किसिमका कृयाकलापहरु र सुबिधाहरु उपलब्ध हुनेछन् जसको माध्यम बाट शारिरिक, मानसिक स्वास्थ्य राम्रो बनाईराख्न र खुशी रहिरहन सहयोग पुर्याऊने छ।
गाऊंका जनताहरुले सहज प्राप्त गर्न सक्ने गरी हामिसंग डाक्टर क्लिनिक रहनेछ जहां आवधिक रुपमा फरक – फरक डाक्टर उपलब्ध हुनेछन्। यसका साथै, बेलाबेलामा बिभिन्न किसिमका स्वास्थ्य शिबिर संचालन गरी स्थानीयहरुको सेवा गरिनेछ।